आर्ट अफ लिभिङ र भट्टराई परिवारद्वारा ६० परिवारलाई राहत वितरण

पोखरा । दी आर्ट अफ लिभिङ र भट्टराई परिवार पोखरा लेकसाइद्वारा ६० विपन्न परिवारलाई सहयोग गरेका छन् । बिहीबार पोखरा ६ बैदाममा रहेको सुकुम्बासी परिवार, मालपोत नजिकैका सुकुम्बासी र शान्ति पाटनका विपन्न परिवारहरुलाई राहत सामग्री वितरण गरेको हो ।

उनीहरुलाई चामल १५ केजी, रातोदाल २ केजी, तेल १ लिटर, चाउचाउ ६ वटा, विष्कुट १२ पिस, नुन १ केजी, चिनी १ केजी, साबुन १ पिस, गेडागुडी १ केजी र चिया पत्ति २ सय ग्राम प्रति परिवार दिएको दी आर्ट अफ लिभिङ पोखराका नरेश भट्टराईले जानकारी दिए । उनले बिहीबार ६० परिवारलाई वितरण गरेको र शुक्रबार २० परिवारलाई वितरण गर्ने बताए ।

jutta mela

‘सुकुम्बासी बस्तीमा खाने कुराको अभाव भयो । राहत दिने कोही चाहियो भन्दै सूचनाहरु आए,’ पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भने, ‘त्यस पछि हामीहरुले आफै पैसा उठाएर राहत वितरण गरेका हौं ।’ उनले एउटा परिवारलाई २ हजार बराबरको सामग्री किनेर दिएको बताए । वितरण कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले कसैलाई ज्यारो आएको वा अन्य समस्या परेमा आफूहरुले सहयोग गर्ने बताए ।

वितरण कार्यक्रमा पोखरा महानगर पालिका वडा नम्बर ६ वडा अध्यक्ष जगत पहारी, वडा सदस्य हरि पहारी, पर्यटन व्यवसायी गणेश भट्टराई, विष्णु भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल, दी आर्ट अफ लिभिङकी प्रशिक्षक सौमाया भट्टराई र वडा सदस्यहरु लगाएतले वितरण गरेका थिए ।

You might also like

Comments are closed.