कालिका मा.वि.को खाजा अभियानमा सानिमा बैंकद्वारा ६ लाख सहयोग

आर्थिक आवाज
पोखरा । राष्ट्रिय बाल दिवसको अवसर पारेर सानिमा बैंक लि.ले विद्यालय खाजा अभियानमा सहयोग गरेको छ । बैंकले पोखराको कालिका माध्यमिक विदालयलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । आइतबार एक कार्यक्रमका बीच उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।

विद्यालयमा पढ्ने कठिन पारिवारिक पृष्ठभूमिका बालबालिकालाई लक्षित गरि ‘विद्यालय निःशुल्क खाजा अभियान’ संचालन गरिएको हो । सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तन्डुकार र सानिमा बैंक अंमरसिंहचोक शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापालाई चेक हस्तान्तरण गरे ।

jutta mela

सानिमा बैंक र कालिका विद्यालयबीच भएको सम्झौतामा बैंकले प्रत्येक ६/६ महिनामा ३/३ लाख रुपैयाँको दरले सहयोग रकम उपलब्ध गराउने सहमति भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पश्चात बोल्दै तान्डुकारले तत्कालको लागि वार्षिक ६ लाख रुपैयाँ सहयोग गरेता पनि यसलाई निरन्तरता दिदै आगामी वर्षमा सहयोग रकमलाई बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानाध्यापक बलराम गिरीले स्वागत गर्दै बंैकले विद्यालय खाजा अभियानमा गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा कालिका पब्लिक कलेज भू.पू. विद्यार्थी एसोसियसनका अध्यक्ष तथा खाजा अभियानका कार्यसमित सदस्य नवीन श्रेष्ठ, अन्य सदस्यहरूको उपस्थिति रहेको थियो । विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले संझौता–पत्र, पढेर सुनाएका थिए । कार्यक्रमको संचालन विद्यालय खाजा अभियानका अध्यक्ष वासुदेव अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.