कौसी खेती तथा कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्दै तालिम

पोखरा ।पोखरा १४ मा रहेको शीतलनगर आमा समुहको आयोजनामा कौसी खेती तथा कम्पोष्ट मल बनाउने तालिम हालै सम्पन्न भएको छ । तालिम भर्चूृअल रुपमा गरिएको आमा समूहका अध्यक्ष गंगा केसीले जानकारी दिईन् ।

तालिममा पोखरा महानगरपालिका कृषि शाखाका प्रमुख मनोहर कडरियाले सहजिकरण गरेका थिए । तालिममा कौसी खेती तथा कम्पोष्ट मल बनाउने तरिकाका वारे जानकारी दिईएको थियो ।

मान्द्रेढुङ्गा बहुउदेस्यीय सहकारी संस्थाका अध्यक्ष भरत के.सीले कार्यक्रमको संयोजन गरेका थिए । कौसी खेती मार्फत घरघरमा अर्गानिक तरकारी उत्पादन गर्न प्रोत्साहनका लागि तालिम संचालन गरिएको के.सीले बताए ।

You might also like

Comments are closed.