गण्डकी छाडेका बैंकर समिरशेखरको अबको बैंकिङ यात्रा मुक्तिनाथबाट

आर्थिक आवाज
पोखरा, २ जेठ । युवा बैंकर समिरशेखर बज्राचार्यले गण्डकी विकास बैंक छाडेका छन् । बैंकिङ क्षेत्रमा १७ वर्षको अनुभव भएका बज्राचार्यले अबको बैंकिङ यात्रा मुक्तिनाथ विकास बैंकबाट अगाडि बढाउने स्रोतले बतायो । मुक्तिनाथ विकास बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) बन्ने गरी उनले गण्डकी विकास छोडेको स्रोतले बतायो ।

गण्डकीबाट राजीनामा दिइसकेको बताउँदै बज्राचार्यले अबको बैंकिङ यात्रा मुक्तिनाथबाट हुने स्वीकार गरे । यद्यपि, मुक्तिनाथको नियुक्ति लिनका लागि केही दिन लाग्ने बताइएको छ । गण्डकी विकास बैंकमा पनि बज्राचार्य डेपुटी सिइओ नै थिए । पोखरा फाइनान्सबाट बैंकिङ यात्रा सुरु गरेका बज्राचार्य तत्कालीन विश्व विकास बैंकको सिइओ थिए ।

You might also like

Comments are closed.