काठमाडौं । सन् २०२० मा सञ्चालित ‘चौंथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यावसायिक तथा विद्यार्थी विधाको नतिजा सार्वजनिक गरिएको छ ।
देश तथा विदेशबाट प्राप्त ५० आवेदनमध्ये अन्तिम १८ प्रतियोगीलाई निर्णायक मण्डलले मूल्याङ्कनमा परेका थिए । ‘पब्लिक च्वाईस अवार्ड’ का लागि प्रतियोगीको भिडियो प्रस्तुति नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को अधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै जनमत सङ्कलन गरिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
निर्णायक मण्डलको मूल्याङ्कनअनुसार व्यावसायिक विधातर्फ आकृति काफ्ले बराल, विद्यार्थी विधातर्फ रोजिना शाक्य, पब्लिक च्वाईस अवार्डतर्फ समीक्षा कँडेल, व्यावसायिक विधातर्फ शुभेक्षा सापकोटालगायत विजयी भएको सोसाइटीले जनाएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानका प्राज्ञ डा ऋषि शाहको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. निलम श्रेष्ठ प्रधान, डा. सिताराम ब्याहुत, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुइँटेल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष नवीन मुनाकर्मी तथा युवा प्राविधिक ई रोशन पाण्डे सदस्य रहेको सोसाइटीले जनाएको छ ।
विजेतालाई यही माघ २९ गते ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ को अवसर परेर पुरस्कार वितरण गरिने जनाइएको छ ।







Comments are closed.