‘जनताले बनाएको संविधानमा खोट देख्ने र देखाउने गर्नु स्वस्थ लोकतन्त्र होइन’

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जनताले बनाएको संविधानमा खोट देख्ने र देखाउने गर्नु भनेको स्वस्थ लोकतन्त्र नभएको पुष्टी गर्न खोज्नु भएको टिप्पणी गरेका छन् । संविधान दिवस मूल समारोह समितिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख कुँवरले जनताको आकांक्षा पूरा गर्न नसकेको खण्डमा जनताले संविधानको विकल्प खोज्नसक्ने बताए । तर वर्तमान अवस्थामा भने संविधानको अर्को विकल्प नभएको उनको भनाई छ ।

प्रदेश प्रमुख कुँवरले विधि र कानुनी शासनमा देश चल्नुपर्ने बताउँदै विधिमाथि व्यक्तिको प्रभाव पर्न थाल्यो भने विधि निस्कृय हुने बताए । उनले विधि निस्कृय भएमा देश नै असफलतातर्फ धकेलिने चेतावनीपनि दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गुरुङले नकारात्मक धारणा राख्ने १० प्रतिशत जनताले आरोप लगाएकै भरमा सार्वभौम सम्पन्न जनताको ८५ प्रतिशत प्रतिनिधिको मतबाट बनेको संविधानलाई कार्यान्वयन भएन वा संविधान नै नराम्रो भयो भनेर निश्कर्ष निकाल्नुपनि गलत हुने जिकिर गरे । उनले वर्गिय असमानता, जातिय असमानता, क्षेत्रीय असमानता, लिंगीय असमानता, सांस्कृतिक असमानता, भाषिक असमानतालगायतका अनेकन असमानतालाई मेटेर समानता कायम गर्नका लागि संघीय शासन प्रणाली आएको बताए ।

jutta mela

मुख्यमन्त्री गुरुङले प्रणाली बदलेपनि नेता, कर्मचारी, सेनादेखि प्रहरीसम्मको कार्यशैली उहि रहेको बताउँदै अब कार्यशैली बदल्नुपर्ने चुनौति रहेको बताए ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले संविधानको परिकल्पना असमानता हटाएर समानतामा आधारित समृद्ध नेपाल, सुखी नेपाली बनाउने भएको बताए । उनले जसरीपनि संविधानको कार्यान्वयनमार्फत जनताको समृद्ध नेपाल, सुखी नेपाली बन्ने आकांक्षा पूरा गर्नैपर्ने बताए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले संघ, प्रदेश र स्थानिय तीनै सरकारले संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

संविधान दिवसमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, महानगर तथा गाउँपालिकाका प्रतिनिधिहरु, विद्यालय तथा स्काउटसँग सम्बद्धहरु तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई स्मरण गर्दै गण्डकी प्रदेशलेपनि संविधान दिवस मनाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहीद पार्कमा रहेको सहीद स्तम्भमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । सहीद स्तम्भमा सभामुख नेत्रनाथ अधिकारीसहित प्रदेशका मन्त्री, सांसद, दलका नेताहरुलगायतलेपनि माल्यार्पण गरेका थिए । माल्यार्पणलगत्तै सहीदचोकबाट शुरु भएको ¥याली राष्ट्रवैंकचोक, रत्नचोक, सृजनाचोक, सभागृहचोकहुँदै पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत भएको थियो । मूल समारोह शुरु हुनुअघी प्रदेश प्रमुख बाबुराम कुँवरलाई नेपाली सेनाको एक टुकडीले सम्मानगारत सलामी अर्पण गरेको थियो ।

You might also like

Comments are closed.