जाल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्त मर्जर हुँदै, राष्ट्रियस्तरको वित्तीय संस्था बन्दै

काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङमा प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् । दुवै संस्थाका असोज १ गते सम्पन्न विशेष साधारणसभाले मर्जर सम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरिसकेका छन् ।

दुवै संस्था गाभ्ने/गाभिने सम्बन्धमा २०७६ माघ १६ गते प्रारम्भिक समझादारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०७७ असार ५ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

मर्ज पछि वित्तीय संस्थाको नाम सृजना सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । कार्यक्षेत्र राष्ट्रियस्तरको हुनेछ भने प्रधान कार्यालय प्रदेश ५ को वुटवलमा हुनेछ । गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा गरी ५५ वटा शाखा पुग्नेछन् ।

jutta mela

मर्जर पश्चात संस्थाको अध्यक्षमा जाल्पा लघुवित्त वित्तीय संस्थाका वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बर्तमान प्रमुख कार्यकारी अधिकृत बिमला योगी रहने सहमति भएको छ ।

८० हजार ग्राहक सदस्यहरु पुग्नेछन् । संस्थाको बचत रू. २ अर्ब र लगानीमा रहेको कर्जा रू.३ अर्ब पुग्नेछ । संस्थामा ३ सय ५७ जना कर्मचारीहरु कार्यरत रहनेछन् ।

You might also like

Comments are closed.