काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय नख्खु मार्फत सितापाईला नागार्जुन स्थित हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले बाल गृहका सृजना नेपालीलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । यस सहयोगबाट हेल्पिङ ह्यान्डस बाल गृहमा आश्रित बालबालिकाका लागि स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचलाई थप सहज बनाउने उद्देश्यले वाटर डिस्पेन्सर उपलब्ध गराइएको हो । यस सहयोगले बाल गृहमा रहेका बालबालिकाहरूको दैनिक जीवनयापनमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
हेल्पिङ ह्यान्डस बाल गृहका सृजना नेपालीले बाल गृहका बालबालिकाहरूको आवश्यकता सम्बोधन गर्न सहयोग पु¥याएकोमा कामना सेवा विकास बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक सहयोगले संस्थालाई आफ्ना सेवाहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुग्ने बताइन् ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा हेल्पिङ ह्यान्डस बाल गृहका बालबालिकाको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।







Comments are closed.