डुम्रेमा गरिमाको शाखा

आर्थिक आवाज
तनहुँ । बन्दिपुर गाउँपालिका १ डुम्रेमा गरिमा विकास बैंक लिमिटेडको शाखा कार्यालयको औपचारिक समुद्घाटन भएको छ । शाखा कार्यालयको उद्घाटन बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले सोमबार शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकले बैंकिङ आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिवद्ध रहेको बताए ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटिएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकले २०७६ पुस ६ गतेसम्म ३६ अर्ब ७५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.