दिव्यज्योतीलाई बिहानीको सहयोग

आर्थिक आवाज
पोखरा । बिहानी बचत तथा ऋण सहकारी सस्था पोखरा न्युरोडले पोखरा २५ हेमजामा अवस्थित दिव्यज्योती आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संस्थाको ११औं वार्षिकोत्सवको पूर्व सन्ध्याको अबसरमा स्टेसनरी तथा खेलकुद सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा सस्थाका अध्यक्ष धर्मराज भण्डारीले वार्षिकोत्सवको अबसर पारी विद्यालयलाई सहयोग गर्न पौकोमा खुसी व्यक्त गर्दै संस्थाले गरेको सहयोग ठुलो नभएको बाताउदै बालबालिका भबिष्यको कर्णदार भएको बताए । ।िवद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । कार्यक्रममा कक्ष एकदेखि पाँचसम्मका ८१ विद्यार्थीलाई स्टेसनरि सामाग्री बितरण गरिएको थियो भने विद्यालयलाई खेलकुद सामग्री हस्तान्त्रण गरिएको थियो ।

कार्यक्रम संयोजक कासिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ मुकुन्द त्रिपाठीले स्वागत र सञ्चालन देबिप्रसाद अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.