धादिङवेशीमा गरिमा विकास बैंकको शाखा

आर्थिक आवाज
काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका वडानं.–३, धादिङवेसीमा गरिमा विकास बैंक लिमिटेडको शाखा कार्यालय शुभारम्भ भएको छ । शाखाको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले शाखाको उद्घाटन गरेका हुन् ,

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने बताए ।

निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना, निलकण्ठ नगरपालिकाका वडा नं.३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्डे, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय लगायतले उक्त अवसरमा बोलेका थिए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकले २०७६ पुस ५ गतेसम्म ३६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.