नेपाल फाइनान्स कम्पनीको सञ्चालकमा रोजिना र आनन्दकृष्ण नियुक्त

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लि.को रिक्त रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट रोजीना श्रेष्ठलाई नियुक्त गरिएको छ । शुक्रबार सम्पन्न ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट उनलाई नियुक्त गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १ निवासी श्रेष्ठ विभिन्न व्यापार व्यवसायमा आबद्ध उद्यमी हुन् ।

त्यसैगरी संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ल.पु.म.न.पा.१९ निवासी आनन्द कृष्ण ताम्राकारलाई नियुक्त गरिएकोछ । आनन्द कृष्ण ताम्राकार कृषि बिकास बैंक लि.मा ३० वर्ष कार्य गरी अबकास प्राप्त हुन् ।

jutta mela

नेपाल फाइनान्स बिगत ५ वर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा मिति २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको छ । उक्त संस्थामा योजना आयोगमा सदस्य भई कार्य गरी सकेका प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष छन् । प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलिया छन् ।

संस्थाले आषाढ मसान्तसम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह गरेको छ । संस्थाको हालसम्म कमलादीस्थित मुख्य शाखा कार्यालय तथा नयाँसडकस्थित शाखा कार्यालय संचालनमा छ । संस्थाको अध्यक्षमा प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष छन् । अन्य सञ्चालकहरुमा चन्द्र कुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, लक्ष्मी महर्जन छन् ।

You might also like

Comments are closed.