पत्रकार हरि पन्त सम्मानित

अधिकृत विक्रेता संघ (ड्याप) पोखराले क्रियाशील पत्रकार हरि पन्तलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट संघका साथै समाजलाई सुसुचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार पन्तलाई सम्मान गरिएको हो ।

उनलाई नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारी र संघका अध्यक्ष हरिराज पन्तले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् । पोखरामा रहेर डेढ दशकदेखि पत्रकारिता गर्दै आएका पन्त नेपालदूत डटकमका कार्यकारी सम्पादक र पोखरा आवाज दैनिकका समाचार सम्पादक हुन् ।

उक्त अवसरमा संघका ज्येष्ठ सदस्य अशोक कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै गतवर्षको एसइई परीक्षामा उत्तीर्ण संघमा आवद्ध सदस्यका छोराछोरीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा क्षितिज पन्त, निश्चल पौडेल, आदित्य प्रजू र सुलभ झा रहेका छन् ।

jutta mela

‘व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्दैन’

You might also like

Comments are closed.