‘मेयरका मान्छे कमिसन र कर्मचारी भ्रष्टाचारमा डुबे’

सन्देश श्रष्ठ
पोखरा, २७ भदौ । पोखरा महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले मेयरका मान्छे कमिसनखोर र कर्मचारी भ्रष्टाचारी भएको आरोप लगाएका छन् । पोखरा २५ हेमजामा आयोजित नेकपाको कार्यक्रममा बोल्दै उनले पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसीका मान्छे कमिसनखोर र महानगरका कर्मचारी भ्रष्टाचारी भएको आरोप लगाएका हुन् ।

नेकपाबाट निर्वाचित वडाध्यक्ष तिमिल्सिनाले मेयरका मान्छे र कर्मचारी मिलेर सर्वसम्मत छनौट भएका योजनासमेत कमिसन र भ्रष्टाचार गर्न नपाएर अदलबदल गरिएको आरोप लगाए । उनले मेयर जिसी सोझो भएपनि नजिकका मान्छेको चंगुलमा परेका कारण पटकपटक ध्यानाकर्षण गराउँदापनि कार्यशैली नबदलिएको बताए । योजना फेरबदल गर्छन् मेयरका मान्छे र कर्मचारीले, उनले प्रश्न गर्दै थपे, ‘कसले दियो त्यो अधिकार ? किन त्यसो गरिन्छ ? ।’ उनले जनताको प्रतिनिधिले गरेको सिफारिस गरेको योजना नपर्ने हो भने जनप्रतिनिधि किन चाहियो ? भनेर प्रश्नसमेत गरेका छन् ।

वडाध्यक्ष तिमिल्सिनाले आफूले कमिसन दिन नसक्दा आफ्नो योजना अर्कैकोमा पारिदिएको आरोप लगाए । उनले भने, ‘मैले कमिसन दिन जानिनँ, के यहि हो मेरो कमजोरी ? ।’

jutta mela

वडाध्यक्ष तिमिल्सिनाले मेयरका मान्छे र भ्रष्ट कर्मचारीका कारण आफूलाई वडाध्यक्षबाट राजिनामा दिन मन लागेको बताए । उनले कमिसन र भ्रष्टाचारका कारण महानगरपालिकाको कार्यालय भित्र आफूलाई छिर्न पनि मन नलागेको बताए । महानगरभित्र छिर्नु भन्दा त राजीनामा दिउँदिउँ जस्तो लाग्ने गरेको उनको भनाई छ । साथै उनले कमिसन र भ्रष्टाचार रोक्नका लागि नेकपालाई गुहारेका छन् ।

You might also like

Comments are closed.