पोखरा मिडिया कपः पहिलो दिन ११ खेल सम्पन्न, फाइनल खेल बुधबार

पोखरा, १० भदौ । जारी पोखरा मिडिया कप अन्तगत पहिलो दिन ११ वटा खेल सकिएका छन् । कुल १३ टिमको सहभागिता रहेको खेल अन्तरगत पहिलो दिन मंगलबार नै सेमीफाइनल राउण्डसम्मका खेलहरु सकिएका हुन् ।

प्रतियोगिताको फाइनलमा आयोजक ‘जक्शन १६’ समूह ‘ए’ र समूह ‘बी’ पुगेका छन् । फाइनल खेल बुधबार दिउँसो १२ बजे गणेशटोलस्थित ‘स्पोर्ट्स् क्यासल’मा हुने आयोजकले जनाएको छ । त्यो भन्दा अगाडि पोखराका महिला पत्रकार र महिला ‘सेलिब्रिटी’हरुबीच हुने आयोजकले बताएको छ ।

मंगलबार भएको पोखरा मिडिया कपको उद्घाटन प्रदेश सांसद बिन्दुकुमार थापाले गरेका थिए । उद्घाटनसँगै उनले मिडियाकर्मीहरुबीचको भाइचारा बढाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । ‘यो प्रतियोगिताले आपसमा आत्मियता बढाउनुसँगै मिडियाकर्मीहरुलाई स्वस्थ रहन पनि सिकाओस् । र, यस्तो खालको प्रतियोगिताले सँधै निरन्तरता पाओस् ।’ थापाले भने ।

jutta mela

त्यस्तै उद्घाटन समारोहमा नेपाली फुटबल टिमका पुर्वकप्तान अनिल गुरुङको पनि विशेष उपस्थिती रहेको थियो । ‘पत्रकारिता गरिरहेकाहरुले पनि खेलप्रति देखाएको यो खालको लगाव अनुकरणीय लाग्यो । र, यो प्रतियोगिताले पत्रकारितासँगै खेलकुदको पनि विकासमा योगदान दिने मैले ठानेको छु ।’ उनले भने ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रतियोगिताका खेलहरुमार्फत पत्रकारिताको आत्मियता र एकता प्रदर्शन गर्न सहभागीहरुलाई आग्रह गरे । ‘यो निकै गज्जबको अवसर पनि हो । र, यसमा रमाईलोसँगै हामीबीचको आत्मियता पनि देखियोस् ।’ उनले भने । खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एकराज गिरीले प्रतियोगिताको सफलताको कामना गर्दै सम्पूर्ण सहभागीहरुलाई शुभकामना दिए ।

मंगलबार पहिलो दिन भएको पहिलो म्याच जक्शन १६ समूह ‘ए’ र एसटी क्रियशनबीच भएको खेलमा जक्शनले ४–० गोल अन्तरले विजय निकाल्यो । त्यस्तै गन्थन ‘ए’ र कान्तिपुरबीच दोस्रो खेल हुने भएपनि कान्तिपुरको अनुपस्थितीमा गन्थन ‘ए’लाई विजयी घोषणा गरिएको थियो ।

प्रतियोगिताको तेस्रो खेल पोखरा टिभी र ‘टिम ओके’ बीच भएको थियो । सो खेलमा पोखरा टिभीले ५–१ को अन्तरले नतिजा आफ्नो पोल्टामा पा¥यो । जक्शन १६ ‘बी’ र फेवा टिभीबीच चौथो खेल भएकोमा २–० गोलअन्तरले जक्शन १६ विजेता बन्यो । पाँचौ खेलअन्तरगत भोग स्टुडियो र गन्थन ‘बी’ आमनेसामने भएका थिए । सो खेलमा भोग स्टुडियोले ५–० गोल अन्तरले जित निकाल्यो ।

क्वार्टरफाइनल राउण्ड अन्तरगत भएको पहिलो खेलमा जक्शन ‘ए’ले ‘राजधानी अन्नपूर्णपोष्ट दैनिक’लाई १०–० को फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा तय ग¥यो । सातौँ चरणमा भिडेका गन्थन ‘ए’ र बिग एफएम ‘ए’बीच भएको खेलमा गन्थनले आफ्नो पक्षमा जित निकाल्यो । यो खेलमा गन्थनले ४–० गोल अन्तरले जितेको थियो ।

यसगरि प्रतियोगिता अन्तरगतको आठौँ खेल जक्शन ‘बी’ र बिग एफएम ‘बी’ बीच भएको थियो । सो खेलमा जक्शनले ११–० को फराकिलो गोल अन्तरले जित निकाल्यो । नवौँ चरणको भोग स्टुडियो र पोखरा टिभीबीच भएको खेल गोलरहित बराबरी भएपश्चात भएको टाइ ब्रेकर अन्तरगत पोखरा टिभीले जित निकाल्यो ।

दशौँ चरणको खेल पनि बराबरीमा सकियो । जक्शन ‘बी’ र गन्थन ‘ए’ बीच यो खेलमा जक्शनले बाजि मा¥यो । सेमिफाइनल अन्तरगतको अन्तिम खेल पोखरा टिभी र जक्शन ‘ए’ बीच भएकोमा जक्शनले ८–० को फराकिलो अन्तरले जित निकाल्यो ।

‘बिग एफएम’को प्रस्तुतीमा भएको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका छन् । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका छन् ।

प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका छन् । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका छन् ।

त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

You might also like

Comments are closed.