पोखरा ५ मा नेकपाको शुभकामना आदानप्रदान

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटी पोखरा ५ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४० तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको वडा कमिटी सदस्य वसन्तराज गौतमले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा गण्डकी प्रदेशका सदस्य दिलीप बिक्रम शाहीले चाडपर्वलाई संस्कृतिका रुपमा मनाउनुपर्ने बताए । कार्यक्रममा वडा न ५ का अध्यक्ष धनबहादुर नेपाली, नेपाली काँग्रेस नगर सचिव राम्जी कोइराला लगायतले बोलेका थिए । नेकपा ५ का सचिव नारायण बिक्रम शाहीको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन वडा कमिटी सदस्य वसन्त राज गौतमले गरेका थिए ।

You might also like

Comments are closed.