भाटभटेनी मनी ट्रान्स्फरको योजनाः ‘मनिग्रामबाट पठाएको पैसा भाटभटेनीमा पाउँ उपहार जितौं’

काठमाडौं । भाटभटेनी सुपरस्टोर प्रवद्र्धक रहेको भाटभटेनी मनि ट्रान्सफरले आइपेसँगको सहकार्यमा नयाँ योजना सुरु गरेको छ । मनी ट्रान्सरफरले यही २०७७ साल असार १७ देखि भाद्र ३० गतेसम्म ‘मनिग्रामबाट पठाएको पैसा लिउँ र २० हजारको सपिङ भौचर प्राप्त गरांै ।’ भन्ने नयाँ योजना सुरु गरेको हो ।

यस योजना अन्तर्गत विश्वको कुनै पनि स्थानबाट मनिग्रामा मार्फत आएको रकम भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भुक्तानी केन्द्रबाट प्राप्त गरेको हुनु पर्नेछ । यस योजना अन्तर्गत एक जना भाग्यशाली बिजेतालाई लक्की ड्र मार्फत पुरुस्कार प्रदान गरिने छ ।

भाटभटेनी मनी ट्रान्सफरमा कोरियाको क्रस रेमिट मार्फत पठाएको रकम पाउनुको साथै हप्ताको ७ दिननै खातामा जम्मा हुने तथा सानिमा रेमिट, हिमाल रेमिट, सिभिल रेमिट लागाएत नेपालभित्र रकम पठाउन र पाउन सकिने व्यवस्था छ ।

jutta mela

भाटभटेनी सुपरस्टोरमा भएको भाटभटेनी मनी ट्रान्सफरको भुक्तानी केन्द्रबाट ५० भन्दा धेरै बैंक खातामा तुरुन्त रकम जम्मा गर्न सकिने साथै नेपालभरी २५०० भन्दा धेरै स्थानमा रकम पठाउन र पाउन, खल्ती तथा सेल्पे वालेटबाट भाटभटेनीमा रकम पठाउन सकिने मनि ट्रान्सफर प्रालिका कार्यकारी व्यवस्थापक मुनाल जंग कार्कीले जानकारी दिए ।

You might also like

Comments are closed.