भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

आर्थिक आवाज
पोखरा । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ । समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले १ सय २३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले बताए ।

You might also like

Comments are closed.