मानभवन र गोंगबुमा पोखरा फाइनान्सको शाखा

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले ललितपुरको मानभवनमा १९औं र काठमाडौंको गोंगबुमा २०औं नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस फाइनान्सले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारमा जोड दिएको छ । शाखाहरुको समुद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङले एक कार्यक्रमका बीच गरेका हुन् ।

शाखाहरुमार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए । जारी पुँजी ८५ करोड ७२ लाख रुपैयाँ रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ६ अर्ब ४० करोड रुपैयाँ तथा कर्जा लगानी ५ अर्ब ८१ करोड रुपैयाँ छ । जगेडा कोषमा ४२ करोड ८५ लाख रुपैयाँ रहेको गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.