मुख्यमन्त्री गुरुङको सम्पतीः ३७ रोपनी जमिन, ५१ तोला सुन, ९० तोला चाँदी

प्रदेशका मन्त्रीहरु मध्ये मुख्यमन्त्री सबैभन्दा धनी

सन्देश श्रेष्ठ

पोखरा । प्रदेशका मन्त्रीहरु मध्ये गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सबैभन्दा धनी देखिएका छन् । बुधबार सार्वजनिक गरिएको सम्पती विवरणमा उनको सम्पती अन्य मन्त्रीहरुको भन्दा धेरै देखिएको हो ।

लमजुङ स्थायी घर भएका मुख्यमन्त्री गुरुङको गृहजिल्ला लमजुङमा ३७ रोपनी जमिन रहेको सम्पती विवरणमा उल्लेख छ । उनको श्रीमती मुनीकुमारी गुरुङको नाममा लमजुङ जिल्ला क्होँलासोंथर गाउँपालिकामा रहेको एउटा घरसहितको जग्गा, मुख्यमन्त्रीकी बहिनी आशकुमारी गुरुङको घरसहितको जग्गा तथा लमजुङमै उनकै नाममा २९ रोपनी १४ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गा छ । जग्गा सबै पैत्रिक रहेको मुख्यमन्त्रीले पेश गरेको विवरणमा उल्लेख छ । मुख्यमन्त्रीको चल सम्पतीमा ५१ तोला सुन, ९० तोला चाँदी, मुख्यमन्त्री गुरुङको विभिन्न बैंकमा १६ लाख ५० हजार, उनको श्रीमती मुनीकुमारी गुरुङको विभिन्न बैंकमा करिब १० लाख, छोरा विज्ञान गुरुङको नाममा विभिन्न बैंकमा ७० लाख रहेको मन्त्री बस्नेतले जानकारी दिए । यसैगरी १÷१ वटा मोटरसाइकल र स्कुटर, एउटा माउन्टेन वाइक, भेंडीगोठमा ९ वटा भेंडा र ७ वटा बाख्रा रहेको जनाइएको छ ।

jutta mela

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको तनहुँ भीमाद नगरपालिकामा आमा बालकुमारी गुरुङको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा, स्वर्गीय बुबा पूर्णराम गुरुङको नाममा ८९ रोपनी जग्गा रहेको र ती सबै जमिन १ बहिनीसहित ४ दाजुभाइको सगोलमा रहेको मन्त्री गुरुङले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । बुबाको स्वर्गारोहण भएपनि जग्गा नामसारी भइनसकेको जनाइएको छ । यसैगरी मन्त्री किरण गुरुङको नाममा पोखरा १२ मा २२५.२० वर्ग मिटरको घडेरी, पर्वत फलेवास नगरपालिका ६ मा ६ आना र ललितपुर धापाखेलमा ५ आना जमिन जमिन छ । चल सम्पतीमा ४ तोला सुन, श्रीमती कृष्णकुमारी श्रेष्ठको १५ तोला सुन, मन्त्री गुरुङको नाममा विभिन्न बैंकमा करिब १ लाख नगद छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको तनहुँ आँबुखैरहनीमा श्रीमती धनकुमारी चुमानको नाममा १३ रोपनी जमिन रहेको उनले भरेको विवरणमा उल्लेख छ । मन्त्री चुमानको १० तोला सुन, विभिन्न बैंकमा करिब २ लाख र कृषि विकास बैंकमा ३२ सय सेयर रहेको जनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको गोरखा ३ नारेश्वरमा बुबा लिलाबहादुर बस्नेतको नाममा एउटा घरसहित करिब ५० रोपनी जमिन छ । उनको चल सम्पतीमा १४ तोला सुन, १० तोला चाँदी र विभिन्न बैंकमा करिब साढे ४ लाख नगद छ । करिब १० लाख ऋण लगाएको र त्यत्तिनै रकम तिनुपर्ने ऋण रहेकाले ऋणधन बराबर रहेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतको एउटा बस, नमूना कृषि फार्म र गोर्खामा गोर्खा बुक्स एण्ड स्टेसनरी सञ्चालनमा रहेको जनाइएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको पर्वत फलेवास नगरपालिका वडा नम्बर ५ मा करिब साढे ५ रोपनी जग्गा रहेको जनाइएको छ । नगद ५ लाख, सुन १० तोला र चाँदी ५० तोला रहेको विवरणमा उल्लेख छ । मन्त्री लम्सालको विभिन्न बैंकमा १० लाख मौज्दात रहेको तथा कृषि विकास बैंकमा ३ सय कित्ता सेयर रहेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री लम्सालले कृषि विकास बैंकमा १५ लाख ऋण तिर्नुपर्नेपनि विवरणमा उल्लेख छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयुक्त परिवारमा एउटा घर र ४३ रोपनी जग्गा रहेको जनाइएको छ । जग्गा बुबा भीमबहादुर थापाको नाममा रहेको र अंशवण्डा भइनसकेको विवरणमा उल्लेख छ । उनको आफ्नै नाममा भने मन्त्री थापाको ३५ तोला सुन, विभिन्न बैंकमा ४ लाख नगद, दरौंदी बचत तथा ऋण सहकारी संस्थामा सेयर तथा १ हल गोरु र ७ वटा बाख्रासमेत रहेको सरकारका प्रवक्ता मन्त्री बस्नेतले जानकारी दिए ।

You might also like

Comments are closed.