लकडाउन अवधिको बिमा शुल्क नलिन निर्देशन

काठमाडौं । बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई लकडाउन अवधिको सवारीसाधनको बिमा शुल्क (प्रिमियम)मा छुट दिन निर्देशन दिएको छ । समितिले लकडाउन अवधि गणना गरी प्रिमियम शुल्कमा छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

हाल अधिकांश सवारीसाधन थन्किएको र केही सवारीसाधन आंशिक संचालनमा रहेको अवस्थामा बिमा जोखिम पनि न्यून भएको भन्दै समितिले प्रिमियममा राहतको व्यवस्था गर्न भनेको हो । चालु बिमा अवधिमा दावी परिसकेको सवारीसाधनको हकमा भने थन्किएको अवधिको लागि छुट लागू नहुने समितिले स्पष्ट पारेको छ ।

आंशिक संचालन भएका अत्यावश्यक सेवाका सवारीसाधनको हकमा सरकारले दिएको सवारीपासको अवधि छुट्याई थन्किएको अवधि गणना गरी प्रिमियम रकम तय गर्न समितिले भनेको छ । प्रिमियममा छुट दिनका लागि समितिले थन्किएको अवधिको गणना गर्ने हिसाव समेत स्पष्ट पारेको छ ।

jutta mela

समितिका अनुसार अब बीमितले सवारी साधनको कुल वार्षिक बिमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम लागत कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छुट पाउने छन् ।

अर्थात एक वर्षको कुल बिमा शुल्कमा ४ महिनाको अनिवार्य तिर्नु पर्ने र बाँकी रहेको ८ महीनामा जति दिन थन्किएको छ त्यतिदिनको प्रिमियम घटाएर तिर्नु पर्ने हुन्छ । सवारीसाधन थन्किएको अवधि हिसाब गर्दा लकडाउन शुरु भएदेखि अन्त्य भएको दिनसम्म गणना गरिने छ ।

हल प्रचलनमा रहेको मोटर बिमा सम्बन्धी निर्देशिका २०७३ मा गरिएको ब्याख्या अनुसार सो निर्देशन जारी गरिएको समितिले बताएको छ ।

You might also like

Comments are closed.