लकडाउन हुँदा गण्डकी प्रदेशलाई प्रति दिन ३८ करोड घाटा

पोखरा । कोरोना भाइरस संक्रमण जोखिमका कारण लकडाउन गरिदा गण्डकी प्रदेशलाई दैनिक ३८ करोड रुपैयाँ घाटा भएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन् ।

 

उनले सोमबार फेसबुक स्टाटस लेख्दै सबै आर्थिक गतिविधि बन्द हुने गरि लकडाउन गर्दा आर्थिक घाटा भएको बताएका छन् । ‘गण्डकी प्रदेशमा सबै आर्थिक गतिविधि बन्द हुने गरि लकडाउन गर्दा दैनिक करिब रू ३८ करोड आर्थिक घाटा भइरहेको छ,’ उनले भनेका छन् ।

You might also like

Comments are closed.