लागूऔषध गाँजा सहित २ जना पक्राउ

पोखरा ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पोखरा महानगरपलिका १० शिवमार्गबाट २ जनालाई १ किलो २०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्ला हरिनास गाउँपालिका ४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका- १० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर बि=क र धादिङ जिल्ल सिद्धलेक गाउँपालिका-६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका- १० बस्ने २३ वर्षिय रोहित घले रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-१० शिवमार्ग स्थित केहि व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण समेत गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

You might also like

Comments are closed.