सहकारीकर्मी घिमिरे र पत्रकार सुवेदीलाई रोयलले सम्मान गर्दै

आर्थिक आवाज
पोखरा । पोखरा रोयल सहकारी संस्थाबाट प्रदान गरिने ‘रोयल राष्ट्रिय सहकारी पुरस्कार’बाट सहकारी अभियान्ता ऋषिराज घिमिरे सम्मानित हुने भएका छन् । सहकारीको यही कात्तिक २३ गते पोखरा प्रदर्शनी केन्द्रमा हुने १८औं वार्षिक साधारणसभाको अवसरमा घिमिरेलाई सम्मान गरिने वरिष्ठ प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

त्यसैगरी ‘गण्डकी प्रदेश स्तरीय सहकारी पत्रकारिता पुरस्कार’बाट युवा पत्रकार गोविन्द सुवेदी सम्मानित हुने भएका छन् । पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको ढकालले जानकारी दिए । घिमिरेलाई नगद २५ हजारसहित र सुवेदीलाई नगद १५ हजार सहित सम्मान गरिनेछ ।

You might also like

Comments are closed.