सहकारीमा महिला सहभागिता

सरस्वती भुजेल (सरु)

प्रवन्धक

शुक्लागण्डकी साकोस
सहकारी भन्ने वित्तिकै समाजमा छरिएर रहेको सदस्यहरुको श्रम, पूँजी, सीपलाई अधिकतम रुपमा परिचालन गरि आफ्ना सदस्यहरुको आवश्यकता लाई परिपुर्ती गरि सामाजिक एंव साँस्कृतिक उन्नयन, विकास तथा आर्थिक हित र उन्नतिका लागि व्यवसायिक क्रियाकलाप सञ्चालन गर्नु हो । सन् १८४४ मा वेलायतमा पाउरोटी कारखाना खोलेर सहकारीताको नयाँ अध्याय शुरु गरेको इतिहास भेटिन्छ भने नेपालमा वि.स. २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना भएको थियो । २०११ सालको वर्खा याममा आएको भिषण बाढीका कारण चितवनका जनताहरु घरवार विहिन भएका थिए यसैको सेरोफेरोमा रहेर अमेरिकी सरकारको सहयोगमा स्थापित राप्तिदुन बहुमुखी विकास आयोजनाको स्थापना भएको थियो जसको सहयोगमा २०१३ सालमा चितवनको शारदानगरमा बखान ऋण सहकारीको स्थापना भयो जुन नेपालको मान्यता प्राप्त पहिलो सहकारी संस्था हो जसको फलस्वरुप आज हामी ६२औ राष्ट्रिय सहकारी दिवस मनाउन गै रहेका छौ ।

jutta mela

समूहमा रहेर हातेमालो गर्दै आर्थिक, सामाजिक, सास्कृतिक नेतृत्व विकासमा साझा सोच र कार्ययोजना बनाई काम गर्नु नै सहकार्य हो ।
महिला म र हजुर अनि हामि सबैको जन्मदाता, आधा आकाश, हजुर हामिको सृष्टीकर्ता, अर्धागिनी, दिदि बहिनी , छोरी चेली र भान्जि भतिजी
 स्वत स्फूर्त रुपमा कसैको दवाव र करकापमा नपरि खुला हिसावले आफ्नो वौद्धिक , नैतिक, आर्थिक र कार्यक्षमताको आधारमा संलग्न हुनु,

माथिका तिन बुदाहरु सर्वसाधरण र सामान्य लेखपढ गर्न जान्नेले पनि बुझ्ने भाषामा अति सरल तरिकाले प्रस्तुत गरे । यसको मूल भाव सहकारीमा महिला सहभागिता भनेको के हो त भन्ने वुझाउने थियो । पछिल्लो तथ्याङ्क अनुसार झण्डै ५१.५ प्रतिशत महिला जनसंख्या रहेको हाम्रा देशमा ३४ हजार ५ सय १२ सहकारी संस्थामा ६३ लाख पाँच हजार पाँच सय ८१ सदस्य मध्ये ५०.९६ प्रतिशत भन्दा बढी त महिला सदस्य रहेका छन् त्यसै गरि महिलाले मात्र सञ्चालन गरेका सहकारी संस्थाको संख्या ४५ सय भन्दा बढी रहेको छ । देशभरको तथ्यांक हेर्दा ३८ प्रतिशत भन्दा बढी महिलाहरु सञ्चालक समितिमा रहेको छ भने रोजगारीमा ४८ प्रतिशत भन्दा बढी महिलाले हिस्सा ओगटेको छ ।

हामी महिला आरक्षणको लागि ५० र ३३ प्रतिशतको नारा लगाउने कि आफ्नो स्तर वृद्धि गरि पुरुष संग खुला प्रतिस्पर्धा गरी आफ्नो ज्ञान बुुद्धि र क्षमताको आधारमा आत्मनिर्भर हुने ? नारी साक्षत लक्ष्मीको स्वरुप आर्थिक कारोबारमा र नेतृत्वमा पुरुष भन्दा कुनै रुपमा कमी छैनन, पितृसतात्मक हाम्रो देशमा केहि समय यता सुधार देखिएता पनि अझै धेरै विभेद बाँकि नै छन् , यि विभेद सँग जुध्दै नैतिक जिम्मेवारी वहन गरी व्यक्तीगत, सामाजिक र देशको विकास गर्न टेवा पु¥याउने सहि मार्ग सहकारी हो । महिलाहरु मात्र संलग्न भएका तर सस्ंथागत रुपमा नआएका सानोसानो पुँजी संकलन गरी समुहमा लगानी गरेका सहकारीहरु हाम्रो समाजमा प्रशस्त छन् ,उनिहरुलाई संस्थागत गरी राज्यको कानुनी दायरामा ल्याउने कार्य गर्ने हो भने अझ सहकारीमा महिलाको संख्या अधिक भेटिन्छ । यो परिणाम प्राप्त गर्न पनि लामो समय कुरीरहनु पर्दैैन । महिला तल्लो स्तरमा मात्र नभई आफ्नो वौद्धिक क्षमता र कार्यकुशलताको आधारमा पनि सक्षम छन् भन्ने उदाहरण सहकारीमा आवद्ध महिलाहरु हुन् । सायद नेपालको अन्य क्षेत्रमा यतिको महिला संलग्नता छैन होला । यो अत्यन्त खुशिको कुरा हो । राज्यका तीन खम्बा मध्ये सहकारीमा यतिको महिला सहभागिता अरु क्षेत्रको लागी उदाहरण हुनुपर्दछ । सहकारीले वचत गर्न सिकाउछ र मितव्ययी ढङ्गबाट खर्च गर्नपनि । महिलाहरुको आम्दानी नहुने भएको आम्दानी पनि बचत र खर्च गर्न नजान्ने तर भविष्य प्रति बढी चिन्तित र पारिवारिक जिम्मेवारी वोध गर्ने भएकाले पनि सहकारीमा यो सहभागिता जरुरी छ र त्यसैको फलस्वरुप नेपालमा सहकारी सफल हुने आधार पनि हो । हो सहकारी संस्थामा केही समस्याहरु पनि छन तर इतिहासले बताएको छ कि हाल सम्म महिला हरुले सञ्चालन गरेको सहकारी संस्थामा कुनै पनि आर्थिक अनियमितताको खवर प्राप्त भएको छैन । खासगरी महिला आफ्नो पेशा र दायित्व प्रति इमानदार हुने भएकाले पनि सहकारीमा कम समस्या देखिने गरेको हो । तसर्थ पारदर्शिता , लगनशिलता , र अनुशासन महिलाका गहना हुन् जुन कार्यसम्पादनमा पनि लागू हुने गर्दछ र यो नतिजाले पनि देखाइरहेको छ की कार्यलयको काम पनि गर्नुपर्ने र घर गृस्थी सम्हाल्दै दोहोरो काम गर्दा त यस्तो संलग्नता र नतिजा छ भने पुरुष सरह समय र अधिकार दिएको खण्डमा अरु के होला ? चुल्लो चौकोमा सिमित हुने महिला सहकारीमा लागेपछि उनिहरुको जिवन स्तरमा बिस्तारै सुधार आउन थालेको छ । दुईचार पैसाको लागी श्रीमान संग हात थाप्नुपर्ने स्थिति छैन ।

अव नेपालको सहकारी अभियानमा महिला आरक्षणका कोटा होइनन् समान हैसियत, क्षमता, ज्ञान र कार्यदक्षताका आधारमा निर्धक्क रुपमा कार्य गर्ने वातावरण सिर्जना हुन जरुरत छ र राज्यले सहकारीलाई तिन खम्बे आधार स्तम्भ तयार गरेकोले सोही अनुसार सहकारी मार्फत सरकारी कार्यक्रमहरु लैजान ढिलो नगरियोस यति हुन सक्यो भने मात्र महिला सशक्तीकरण हुनसक्छ । महिलाले पनि सहज तरिकाले सहकारीमा आफ्नो दक्षता प्रस्फुटन गर्न पाउने वातावरण बन्यो भने साच्चै “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने ६२औ राष्ट्रिय सहकारी दिवसको नारा सार्थक वन्न सक्छ ।
जय सहकारी ।

You might also like

Comments are closed.