स्थानिय तहले सहकारीको अनुगमन र नियमन गर्नुपर्छ

पुन्य प्रसाद पौडेल

अध्यक्ष, दूग्ध सहकारी संघ

सहकारी भनेको एउटा समूह, सामुहिक भावनाले गरिने साझा प्रयत्नले गरिने कुरा हो । सहकारीले समाजमा छरिएर रहेका पुँजी संकलन गर्छ । त्यो पुँजीलाई रुपान्तरण गरेर प्रयोग गर्ने वातावरण सरकारले बनाउनुपर्छ । बचत तथा ऋण सहकारीले ठूलो राशी संकलन ग¥यो । त्यो रकम सबैले चलाएका छन् । यसको प्रयोग र उपयोग पारदर्शी ढंगले उपयुक्त ठाउँमा हुनुपर्छ ।

jutta mela

सरकारले ऐन बनाएर कृषि सहकारी र बचत सहकारीले आफ्नो उद्धेश्य अनुरुप लगानी गर्न बाध्यकारी बनाएको छ । ऐनले कृषि सहकारीले कुल पुँजीको ७० प्रतिशत कृषि उत्पादनमा र बचत तथा ऋण सहकारीले कुल पुँजीको ३० प्रतिशत कृषि उत्पादनमा लगाउनुपर्ने भनेको छ । ऐन बनेपनि ऐनले भनेअनुसार काम भएको छ कि छैन भनेर कसैलेपनि यसको अनुगमन गरेको छैन । स्थानिय तहले राज्य हुँ भन्ने महशुष गरेर यसको अपनत्व ग्रहण गर्नुपर्छ पहिलो कुरा । स्थानिय तहका जनप्रतिनिधिले सहकारीको डाटा राख्ने, तिनिहरुले गर्ने कार्यको अनुगमन गर्ने, गलत गरेको भए नियमन गर्नेलगायतका काम गर्नुपर्छ । स्थानिय तह सहकारीमैत्री हुनुप¥यो । उत्पादनमैत्री हुनुप¥यो । जन प्रतिनिधिहरु सहकारीको नेता बन्न खोज्ने तर सहकारीको समस्या के हो ? यसको भलो कसरी हुन्छ, उत्पादनमा, कृषिमा कसरी जोड्न सकिन्छ भन्नेबारेमा सोधखोज नै गर्दैनन् ।

सहकारीलाई राम्रोसँग परिचालन गर्ने र सहकारीले संकलन गरेको धनराशी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्छ । राज्यले सहकारीलाई कृषि क्षेत्रको उत्पादनमा लगानी ग¥यौ भने यो सुविधा पाउँछौं भनेर लगानी आकर्षित गर्न सक्नुपर्छ । जसरी बिदेशी लगानीकर्तालाई नेपाल आउ, लगानी गरे, लगानीको वातावरण बनाउँछौं, सुरक्षा दिन्छु, नाफा दिन्छु, नाफा विदेश लैजान सक्ने वातावरण बनाउँछु भनेजस्तै सहकारीलाई पनि त्यो खालको वातावरण तयार गरिदिनुपर्छ । उत्पादित बस्तुको बजारीकरण, प्रवद्र्धन र भण्डारण गर्ने कार्यमा सरकारले सघायो भने सहकारीले कृषि उत्पादनमा लगानी गर्छ । सबै सहकारीले उत्पादन गर्न थाले भने सहकारीको माध्यमबाट समृद्धीमा टेवा पुग्छ । उत्पादन गरेपछि त्यो खेर जाँदैन, मूल्य पाईन्छ वा समस्या आएमा सरकार छ है भन्ने बनाउन सक्ने हो भने लगानीको समस्या हुँदैन, सहकारी आफैले लगानी गर्न थाल्छ ।

बचत तथा ऋण सहकारीमा अथाह धनराशी संकलन गर्ने, कालोधन ल्याएर सेतो बनाउने, बढी नाफा लिने, ब्याज धेरै लिनेलगायतका समस्याहरु छन् । त्यस्ता कार्यहरु सहकारीले सच्याउनुपर्छ । सहकारीले पनि आफ्ना सहकारीकर्मीहरुको विमा गरिदिनेलगायतका सकारात्मक कार्यहरुको थालनी गर्न सक्छ ।

You might also like

Comments are closed.