स्पर्स लघुवित्तकोे घरभाडा छुट

पोखरा ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय थर्पुलाई घरधनि देवीबहादुर थापा क्षेत्रीले घरभाडामा छुट प्रदान गरेका छन् ।

हाल विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरस ९ऋइख्क्ष्म्(ज्ञढ० को संक्रमणका कारण सम्पूर्ण जनजीवन प्रभावित भएको यस परिवेशलाई मध्यनजर गर्दै घरधनि देवी बहादुर थापा क्षेत्रीले एक महिनाको घरभाडा छुट दिएर मानवीय भूमिका निर्वाह गरी समाजमा उदाहरणीय कार्य गरेको शाखा प्रमुख शर्मिला बरालले जानकारी दिईन् ।

jutta mela

म्याग्दे गा.पा–४, तनहुँमा रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय थर्पु लाई चालु असार महिनाको घरभाडा रकम छुट दिईएको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२६ विजयपुरमा केन्द्रीय कायालय रहेको वित्तीय संस्थाले देशका १० जिल्लामा २० वटा शाखा कार्यालयहरु बाट आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यस अवधिमा केही घरबेटीले घरभाडा नदिएको निहँुमा वहालवालालाई घरबाट निकाल्ने, सुविधावाट बञ्चित गर्ने जस्ता कार्य भइरहेका बेला क्षेत्रीले सामाजिक दायित्व निर्वाह गरेकोमा लघुवित्तले धन्यवाद व्यक्त गरेको छ ।

You might also like

Comments are closed.