‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा पाँचौं संस्करणको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६’ आयोजना गर्ने भएको छ । आगामी जेठ १७ गतेदेखी जेठ गते सम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा लिग सञ्चालन हुने छ । हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगितको रुपमा रहेको छ । ४ दिनमा कुल ४५ खेलहरु हुने र २४० जना खेलाडीहरु रहने उक्त लिगमा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ १७ गते र समापन तथा पुरस्कार वितरण समारोह जेष्ठ २२ गते हुनेछ ।

मंगलबार आयोजित पुर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ भने सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी समेत वितरण गरिएको छ ।

लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलिलाई ६ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ऐभरेष्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड, मञ्जुश्री फाईनान्स लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जि.आइ.सी इन्स्योरेन्स लिमिटेड, सिदार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड र एनआइएमबि एस क्यापिटल लिमिटेडको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जाल(युटयुब च्यानल) तथा नेवा टेलिभिजन तथा नेवा टेलिभिजनको युटयुब च्यानल मार्फत हुनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु करिब ८ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

 

You might also like

Comments are closed.