हुन्डाई भेन्युमा नयाँ रेकर्ड

काठमाडौं ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले हुन्डाई भेन्युमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले १ वर्षमा १ लाख भन्दा बढी युनिट बिक्री गरी सो रेकर्ड बनाएको हो ।

सो कार भारतमा २०१९ मा लन्च भएको थियो । भारतमा सो कारको प्रतिस्पर्र्धी मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र फोर्ड इकोस्पोर्ट रहेको छ ।

हुन्डाईले मारुतीको भिटारा ब्रेजालाई बिक्रीमा धेरै पटक पछाडि पारेको छ । लन्चको ६ महिना पछि भेन्यु ५१ हजार युनिट बिक्री भएको थियो । अब सो कार एक लाख युनिट बिक्री भएको छ । ती मध्ये सो कार ९७ हजार युनिट भारतमै बिक्री गरेको थियो भने ७ हजार युनिट निर्यात गरेको थियो ।

भेन्युको डिजाइन निकै बोल्ड छ । साइडबाट यो क्रेटा जस्तो देखिन्छ तर फ्रन्ट र रियर साइड फरक देखिन्छ । सो एसयूभीमा क्यासकेडिङ ग्रिल, स्प्लिट हेडल्याम्प, प्रोजेक्टर फगल्याम्प, एलईडी टेलल्याम्प, १६ इन्च डायमन्ड कट अलोय ह्वील समावेश गरेको छ । यसमा प्रिमियम लेजर कट फिनिस ड्यासबोर्ड र फेब्रिक र लेदर फिनिस सिट समावेश गरेको छ ।
हुन्डाई भेन्यु ई, एस, एसएक्स र एसएक्स ओ गरी ४ भेरिएन्टमा उपलब्ध रहेको छ । सो कार भारतको ब्लुलिङ टेक्नोलोजी भएको पहिलो कार हो । हुन्डाईले सो कार कनेक्टेड एसयूभीको नामले लन्च गरेको थियो ।

नेपाली बजारमा पनि हुन्डाई भेन्यु उपलब्ध छ । यसको मूल्य ३४ लाख ९६ हजार देखि ५० लाख ५६ हजार रुपैयाँ सम्म छ । यसको वारेमा विस्तृत जानकारी लिनका लागि यो लिंकमा क्लिक गर्न सक्नु हुन्छ ।

You might also like

Comments are closed.