काठमाडौं । । होटल संघ नेपाल (हान) मधेश प्रदेशको अध्यक्षमा हिरालाल गौतम निर्वाचित भएका छन्। संघको आइतबार सम्पन्न साधारणसभाले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देव नारायण मण्डल, उपाध्यक्षमा विनोद कुमार चौधरी र विजय कुमार चौधरी, महासचिवमा दीपेन्द्र पराजुली तथा कोषाध्यक्षमा जय प्रकाश शाह चयन भएका छन्। त्यसैगरि कार्यसमिति सदस्यमा विनोद कुमार मैनाली, विनोद कुमार गुप्ता र सुनील कुमार खेतान चयन भएका छन्।
साधारणसभाका प्रमुख अतिथि होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा बोल्दै अध्यक्ष शाहले हालै उद्घाटन भएको ऐतिहासिक जनकपुर–अयोध्या रेल सेवा मधेश प्रदेशसहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
साधारणसभामा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल विशेष अतिथि थिए।






Comments are closed.