दमौलीमा ‘नव वर्ष काव्य उत्सव ’

तनहुँ, ६ बैशाख
बौद्धिक सार्वजनिक पुस्तकालयको आयोजनामा शुक्रवार दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा ‘नव वर्ष काव्य उत्सव २०७६’ सम्पन्न भएको छ । कार्यक्रम गजल, कविता र मुक्तकले गुन्जयमान भएका थियो ।

कवि सुदेश सत्यालका फर्केर आउ घर, नेपाल बन्द छ, न्याय हराएको देश लगायतका कविताहरु स्रोताहरुले अति नै मन पराएका थिए । सत्यालको प्राय सबै कविताहरु पुन प्रस्तुतीको आग्रह गरिएको थियो । छन्दोबद्ध कवितामा विशेष उपस्थिति जनाएका सत्याल राष्ट्रियस्तरको सम्मान पाइसकेका परिचित युवा कवि हुन् ।

त्यस्तै गरी गजलकार प्रदिप रोदनका प्राय सबै प्रस्तुतीमा वा वा र तालीको वर्षा भएको थियो । निकै मार्मिक शब्दमा रचित गजललाई उनको कलात्मक प्रस्तुती शैलीले झनै उत्साह थपेको थियो ।

jutta mela

कार्यक्रममा गजलकार समिप अधिकारीका प्रेमिल गजलले पनि स्रोताहरुलाई मोहित पार्न सफल भए । माया, प्रेम र श्रृगारिक रसमा लेखिएका उनका गजलहरु अत्याधिक मन पराइएको थियो ।

त्यस्तै गरी मुक्तककार विजय रानाभाटले आफ्ना मुक्तक मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए । व्यंग्यात्मक शैलीमा रचित उनका मुक्तकले शैक्षिक प्रद्धति देखी लिएर राजनैतिक परिवेशसम्मलाई व्यङ्ग्य प्रहार गरेका थिए ।

तनहुँ जिल्ला साहित्यको दृष्टिकोणले अति नै उर्वर भूमि भएकाले बेला बेला यस्ता काव्य उत्सवहरु आयोजना गर्दा नव स्रष्टाहरुको पहिचान र प्रोत्साहन साथै स्रष्टाहरुको सम्मानका पनि हुने भएकाले कार्यक्रम आयोजना गरिएको बौद्धिक सार्वजनिक पुस्तकालयका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । कार्यक्रम संस्थाका उपाध्यक्ष सन्देश अधिकारीले समेत आफ्नो कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायत प्राध्यापक एवं कर्मचारी, विद्यार्थीहरु र साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.