सेनिटरी प्याड भेन्डिङ मेशिन हस्तान्तरण

तनहुँ १५, बैशाख
लायन्स क्लब अफ काठमाण्डौं (उडान) ले आदिकवि क्याम्पसलाई स्वचालित तथा अत्याधुनिक सेनिटरी न्याप्किन प्याड भेन्डिङ मेशिन उपलब्ध गराएको छ । आइतबार क्याम्पसमा एक कार्यक्रमका बिच लायन्स क्लब अफ काठमाण्डौं (उडान) की अध्यक्ष एम्. एफ.जे. लायन रिमा अग्रवालले उक्त मेशिन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स उडानकी अध्यक्ष अग्रवालले मेशिनको उपयोगिताका बारेमा बताउदै क्याम्पसलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।  यस्तै लायन्स डिस्ट्रिक ३२५ जोन २१का अध्यक्ष सुरेन्द्र पौडेललले लायन्स क्लब र क्याम्पस बिचको सहकार्य क्याम्पसको स्थापना कालदेखि रहेको र पछि पनि रहिरहने बताए । पौडेलले महिनावारी स्वास्थ्यको बारेमा समेत प्रष्ट्याएका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले स्वागात मन्तव्य राख्दै लायन्स क्लबको सहयोग प्रर्ति धन्यवाद व्यक्त गरे । मेशिन उपलब्ध भएपछि क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरुका लागि महिनावारीको समयमा पनि पठनपाठनमा सहज हुने र व्यक्तिगत सरसफाई साथै क्याम्पसको सरसफाईमा टेवा पुग्ने उनले विश्वास विश्वास व्यक्त गरे ।

स्व.वि.यू. सभापति दुर्गा भण्डारी, प्राध्यापक, अभिभावक, दमौलीका लायन्स सदस्यहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख आत्मराम बास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.