एक्सपर्ट वल्र्डकप प्रेडिक्ट एण्ड विन कन्टेस्टको ट्याब विद्या वास्तोलालाई

 

पोखरा, ६ साउन ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसद्धारा संचालन गरिएको वल्र्ड कप गोल्डेन बुट प्रेडिक्ट को पोखराकी विद्या वास्तोला विजेता भएकी छिन् । गोलाप्रथाद्धारा उनी विजेता बनेकी हुन् । उनले पुरस्कार स्वरुप ट्याब जितेकी छिन् ।

एक्सपर्टका पोखरा ब्रान्च डाइरेक्टर रमेशकुमार थापा, इक्यान कास्की अध्यक्ष मिलन तिवारी र पत्रकार सन्तोष सुवेदीले वास्तोलालाई पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै इक्यान कास्की अध्यक्ष मिलन तिवारीले सामाजिक कार्यमा अरु कन्सल्टेन्सी भन्दा एक्सपर्ट एजुकेसन अघि रहेको बताए । यस्तो कार्यहरुलाई आगामी दिनहरुमा निरन्तरता दिन तिवारीले सुझाए ।

ब्रान्च डाइरेक्टर थापाले समाजका लागि केही गर्नुपर्छ भन्ने हेतुले यस्ता कार्यहरु गरिएको उल्लेख गरे । उनले सामाजिक कार्यबाट रोमाञ्चकता ल्याउने बताए । उनले नेपालभर गरिएको वल्र्ड कप प्रेडिक्ट कन्टेस्टमा विजेता भएकी वास्तोलालाई बधाई ज्ञापन गरे ।

You might also like

Comments are closed.