काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)द्वारा आयोजित ‘चौथो साकोस शिखर गोष्ठी’ सुरू भएको छ । आइतबार एक कार्यक्रमबीच गृहमन्त्री बालकृष्ण खाँणले गोष्ठीको उद्घाटन गरे।
गोष्ठी सोमबारसम्म चल्नेछ । गोष्ठीमा देशभरबाट ६ सय भन्दा बढी सहकारीकर्मीहरू सहभागिता रहेको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए ।
दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधिझ मूल भाव र संकल्पसहित गोष्ठी आयोजना गरिएको पौड्यालले बताए ।बचत अभियानमा अति आवश्यक विषय डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ भन्ने विषयमा गोष्ठी केन्द्रित हुने बताएको छ ।
‘नवप्रवद्र्धन र वहस पैरवीका नयाँ क्षेत्रहरुमा पनि संघका क्रियाकलापलाई केन्द्रित गर्न कार्यपत्र तयारीका लागि समन्वय गरिरहेका छौं,’ पौडेलले भने, सिंगो बचत ऋण अभियानलाई संस्थागत, सुदृढीकरण, सबलीकरण र स्तरोन्नतीका साथै अगाडि बढाउन र नयाँ सम्भावनाका ढोकाहरु खोल्न साकोस शिखर गोष्ठी सफल रहने विश्वास लिएका छौं ।’
गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् । एउटा सेसन नेफ्स्कुनको हुनेछ । श्रीलंका, बंगालादेश र भारत लगायत देशबाट प्रतिनिधिहरु गोष्ठीमा सहभागी हुनेछन् ।
‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायकरुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।
Comments are closed.