काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले बिमित जयना श्रेष्ठलाई बीमा रकम प्रदान गरेको छ ।
बैंकले बिहीबार एक कार्यक्रमका बिच बिमित श्रेष्ठलाई बीमा रकम वापतको २ लाख रुपैयाँ प्रदान गरिएको हो ।
बिमित जयना श्रेष्ठलाई घातक रोग लागेकोमा निजको अनुपस्थितमा उनका श्रीमानलाई उपचार खर्च स्वरुप २ लाखको चेक प्रदान गरिएको सानिमा लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।
बैंकले बिमितहरुलाई घातक रोग वापतको बीमा रकम उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.