निजी सवारी आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन नाडाको माग

काठमाडौं । निजी सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन नाडाले सरकारसंग माग गरेको छ । सोमबार नाडाका अध्यक्ष धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेटेर उक्त माग गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई आगामी असार मसान्तसम्मका लागि लगाएको प्रतिवन्ध तत्काल खारेज गरि अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यावसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरे ।

बैंक तथा वित्तीय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएको वृद्धि जस्ता विषयहरुले विगत ८ महिनादेखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको अध्यक्ष थापाले जानकारी गराए ।

साथै अध्यक्ष थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउदै कूल राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका बताउँदै यसलाई तत्काल सम्बोधन गरि हाल लाग्दै आएको आयात प्रतिवन्ध खुलाउन अध्यक्ष थापाले अनुरोध गरेका थिए ।

भेटघाटमा मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जीप र भ्यान जस्ता निजी सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध असार मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गरे । आगामी साउन १ गतेदेखि सो प्रतिवन्ध फुकुवा हुने मन्त्री बडूले आश्वासन दिए ।

You might also like

Comments are closed.