लेखनाथ, २८ पुस । तिवारी आत्मोन्नति समाज पोखरा३१, लामास्वाँराको २७औं वार्षिक साधारण सभा तथा १४औं अधिवेसन शनिबार सम्पन्न भएको छ। अधिबेसनले आगामि दुई वर्षे कार्यकालका लागि विश्वनाथ तिवारीको अध्यक्षतामा एघार सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ। यस अघि कार्यक्रमका प्रमुख अतिथि पोखरा बिस्वबिध्यालयका डिन प्रा डा इन्द्रप्रसाद तिवारीले समाजले बिगतमा गरेका महत्वपूर्ण सामाजिक कार्यको योगदानको प्रसम्सा गरे ।बिशिष्ट अतिथि पूर्ब न्यायधिश डिल्लीरमण तिवारीले समाजलाई समय सापेक्ष गतिशिल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
समाजका अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष भरतप्रसाद तिवारी , समाजसेवी नन्दप्रसाद तिवारी,बलराम तिवारी, मिलनप्रसाद तिवारी, सन्तोष तिवारी, तिवारी राष्टिय प्रतिष्ठानका महासचिब नारायणहरि तिवारी लगायत ले समाजका गतिबिधिका सकारात्मक कार्यका बारेमा आ–आफ्नो धाणा राखेका थिए।समाजका उपाध्यक्ष बिस्वनाथ तिवारीले स्वागत गरेको कार्यक्रममको सन्चालन सचिव चिरन्जिबि तिवारीले गरेको समाजका पूर्व अध्यक्ष भरत प्रसाद तिवारीले जानकारी दिए ।
Comments are closed.