पोखरा । हिमाल कलेजले अन्य कलेज र हिमाल कलेजबीच के फरक छ भन्ने विषयमा छलफल गरेको छ । छोटो समयमा संख्यात्मक एवं गुणात्मक हिसाबले फड्को मार्न सफल यस कलेजमा उत्कृष्ट शिक्षकहरुद्वारा पढाई हुने भएकाले विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएको कलेजका प्रिन्सिपल हरि कार्कीले जानकारी दिए ।
कलेजले गेस्ट लेक्चरसमेत ल्याएर विद्यार्थीहरुलाई अनुभव आदनप्रदान गर्दै आएको छ । यसअघि महानायक राजेश हमाल र पूर्व मिस नेपाल शृंखला खतिवडाले पनि कलेजमा आएर आफ्ना अनुभव विद्यार्थीसंग बाँडेका थिए ।
व्यवहारिक एवं व्यावसायिक शिक्षामा आफूहरुले जोड दिँदै आएको कलेजका प्रिन्सिपल कार्कीले बताए । विद्यार्थीलाई खेलकुद, संगीतका साथै कलेजले फिल्ड भिजिटसमेत गराउँदै आएको छ । कलेजले विद्यार्थीको आवश्यकता र क्षमताका आधारमा इन्टर्नसिपमा कामको समेत व्यवस्था गर्दै आएको छ ।
साथै कलेजले चाडै शिक्षक र विद्यार्थीको संयुक्त लगानीमा बेकरी र क्याफे सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख कार्कीले बताए । पोखराका उत्कृष्ट शिक्षकहरुले पढाउने हिमाल कजेजले किताबमा मात्रै नभइ बाहिरी ज्ञानलाई पनि प्राथमिकता दिँदै आएको छ ।
कलेजले राम्रो गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति र जागिरको समेत व्यवस्था गरिदिएको छ । साथै खेलकुद, संगितमा समेत विशेष जोड दिँदै आएको यस कलेजले बिबिएसमा २ पटक गण्डकी टप गरिसकेको छ ।
Comments are closed.