काठमाडौं । संस्थागत विद्यालय सञ्चालनकहरुको मञ्च (फिजम)को चौथो अधिवेशनबाट नयाँ कार्यसमितिको पदाधिकारी चयन भएको छ ।
हिमालय दृश्य होटेल धुलिखेलमा असार २४ गते शुक्रबार भएको फिजमको चौथो अधिवेशनबाट सर्बसम्मतबाट नयाँ कार्यसमितिको पदाधिकारीहरु निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको अध्यक्षमा अमृत कुमार खड्का चयन भएका छन् भने उपाध्यक्षमा देबी डोटेल निर्वाचित भएका छन् । त्यस्तै,सचिबमा सुनिल के.सी निर्वाचित भएका छन् भने कोसाध्यक्षमा जया ढकाल निर्वाचित भएका छन् ।
त्यसैगरी सह-सचिबमा श्री बिस्नु ओलि, सह कोसाध्यक्षमा चक्रमणि राई निर्वाचित भएका छन् ।त्यस्तै सदस्यमा झबिन्द्र खड्का, राजकुमार पाण्डे ,अञ्जन चालिसे, टिकाराम पोखरेल र बिबेक कटवाल निर्वाचित भएका छन् ।
Comments are closed.