लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि

 

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको १७औं वार्षिक साधारण सभा भोलि (बुधबार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।

कम्पनीले साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरी १० प्रतिशत लाभांश पारित गर्ने तयारी गरेको छ ।

कम्पनीको हाल कायम १ अर्ब २५ करोड रुपैयाँ अधिकृत पुँजी वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

You might also like

Comments are closed.