सिद्धार्थ र प्रिमियर इन्सोरेन्सको सेयर कारोबार रोक्का

 

काठमाडौं । सिद्धार्थ इन्सोरेन्स र प्रिमियर इन्सोरेन्सको सेयर कारोबार रोक्का भएको छ। सिद्धार्थ र प्रिमियर इन्सोरेन्स एक आपसमा गाभिने भएपछि दुवैको कारोबार मंगलबारदेखि रोक्का गरिएको हो ।

यी दुई कम्पनीहरुबीच सोमबार मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापत्रमा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

बिमा समितिको गत चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

You might also like

Comments are closed.