सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरका लागि सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) बीच मर्जरका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा सानिमाका संचालक समिति अध्यक्ष खेमराज लामिछाने र जीआईसीका कुनाल कयालले हस्तक्षर गरेका छन् ।

दुई कम्पनीबीच बराबरी हैसियतमा मर्जरमा जाने हिसाबले बुधबार साँझ सम्झौता भएको हो । निर्जीवन बीमा व्यवसाय गर्नका लागि दुवै कम्पनीहरुले एउटै समयमा लाइसेन्स पाएका थिए ।

दुई कम्पनी मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘सानिमा जीईसी इन्स्योरेन्स लिमिटेड’ राखिने भएको छ । दुई कम्पनीबीच मर्जर सम्झौता भएसंगै नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

बीमा समितिको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । बीमा समितिले गत चैत १० गते पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो ।

You might also like

Comments are closed.