काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
आज एक कार्यक्रमकाबीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयर धनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडको सम्पूर्ण तथ्यांक क्यापिटललाई प्राप्त नभई सकेकोले आधिकारिक रुपमा सेवा प्रारम्भ भए पश्चात सोसम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने समेत क्यापिटलले जनाएको छ ।
Comments are closed.