एनसीसी बैंकले ल्यायो ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’

एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ ल्याएको छ । यस योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् । यो योजना सिमित अवधिको लागि ल्याइएको बैंकले जनाएको छ ।

सीमित अवधिका लागि भनिएको यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

साथै पहिलो वर्षको लागि ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र २ लाख रुपैयाँसम्मको घातक रोग बीमा सुविधासमेत उपलब्ध रहेको बैंकले जनाएको छ । त्यस्तै नििक्षेपक ९० प्रतिशत सम्मका बीमा सुविधा उपलब्ध रहेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १ सय ३३ एटीएम बाट ग्राहकलाई सेवा दिँदै आएको छ ।

You might also like

Comments are closed.