स्कुल्स कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी

काठमाडौं ।  नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं इन्जिनियरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कुल्स कार्यक्रम अन्तर्गत स्कुल्स टु ट्रयाक कार्टिङ कम्पिटिसन शनिबार सम्पन्न भएको छ ।

हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छिन् । बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४ दशमलब २३ सेकेन्डमा ल्याप पुरा गरिन् ।

दोश्रो स्थान हासिल गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् । विजयी तिनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए ।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागिता रहेको फर्मुला वान इन स्कुल्स नेपालका कोर्डिनेटर सुयोग खनालले बताएका छन् ।

प्रतियोगिताको सुरुवातमा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्ट्स, कार्टिङ र फर्मुला वानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए  ।

You might also like

Comments are closed.