आर्थिक आवाज
पोखरा, ३ माघ । नेपाल पत्रकार महासंघको फागुन ९ र १० गते पोखरामा हुन लागेको केन्द्रीय साधारणसभा तथा विधान अधिवेसनको लागि बिहीबार पोखरामा स्थानीय व्यवस्थापन आयोजक समितिको बैठक बस्यो । बैठकमा महासंघ कास्की शाखाका पदाधिकारी तथा साधारणसभा सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजकहरु बैठकमा सहभागि थिए । सहभागीहरुले साधारणसभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने वताएका छन् ।
बैठकले आगामी एक साता भित्र विभिन्न उपसमितिका सदस्यहरु चयन गर्ने निर्णय गरेको छ । शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साधारणसभा परिसर भित्र धुम्रपान तथा मध्यपान निषेधित क्षेत्र बनाउने निर्णय गरेको कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
अधिवेशनले महासंघको हालको विधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्ने गरी विधानमा व्यवस्था गर्न लागेकाले पोखरामा हुन लागेको साधारणसभा तथा विधान अधिवेशन अन्य साधारणसभा भन्दा पृथक रुपमा लिइएको छ ।
Comments are closed.