काठमाडौंका मेयर वालेनसहित ६ मेयर पोखराको अन्नपूर्ण केबलकारमा

पोखरा । काठमाडौंका मेयर वालेन शाह सहित नेपालका ६ वटा महानगरका मेयरहरुले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् ।

पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाडौंका मेयर शाह सहित शनिबार ६ वटा महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतहरुले समेत उक्त केवलकार अवलोकन गरेको अन्नपूर्ण केबलकार प्रालि.ले जनाएको छ ।

उक्त केवलकारमा पोखराका मेयर आचार्य सहित काठमाडौंका मेयर वालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अवलोकन गरेका थिए । हालै निमार्ण भएको अन्नपूर्ण केबलकार व्यवसायीक रुपमा गत फागुन ६ गते देखि संचालनमा आएको हो ।

jutta mela

मेयरहरुलाई तल्लो स्टेसन हुदै केबलकारबाट सयर गराउदै माथिल्लो स्टेसनसम्म पुराइएको प्रा.लि.का जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानियले मेयरहरुको टोलीलाई पन्चे बाजागाजा सहित फुलमालाले स्वागत गरेका थिए ।

आफ्नो क्षेत्रमा देशकै महानगरका प्रमुखहरुलाई पाउनुमा आफुहरु निकै खुसि हुदै उनीहरुको लागि स्वागत सत्कार गरिएको पोखरा १८ का वडा अध्यक्ष शिव तिमिल्सिनाले बताए । पोखराको नयाँ पर्यटकीय गन्तव्य भएकोले मेयर सम्मेलनको अवसरमा देशकै ६ वटा मेयरहरुलाई आफ्नो ठाँउमा भ्रमण गराउदै केवलकारको थप प्रबद्र्धन हुने कम्पनीले विश्वास लिएको छ ।

देशका ६ वटा महानगरका मेयर तथा उपमेयर एवं प्रमुख प्रशासकिय अधिकृत मार्फत महानगरबासीहरुको लागि समेत उक्त केलवकार एक पटक चढ्न कम्पनीले आग्रह गरेको छ ।

You might also like

Comments are closed.