पोखरा । लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का सेयर सदस्य तथा कर्मचारीका लागि स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
पोखरा–२७ तालचोकमा शनिबार सम्पन्न कार्यक्रम लेखनाथ सहकारीको आयोजना, युआरएल, संक्रामक तथा सरुवारोग अस्पताल गण्डकी प्रदेश पोखरा र शिशुवा अस्पतालको संयुक्त प्राविधिक सहयोगमा भएको हो ।
कार्यक्रममा सहकारीका सेयर सदस्य तथा कर्मचारीलाई निःशुल्क मधुमेह, मिर्गौला र पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँच तथा सचेतना दिइएको थियो ।
Comments are closed.