सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका देशमध्ये श्रीलंका पाचौँ स्थानमा

काठमाडौं । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलंका पाँचौं स्थानमा परेको छ।

खाद्य सुरक्षा अनुगमन अद्यावधिक प्रतिवेदनमा विश्व बैंकले युक्रेनमा युद्ध शुरु भएदेखि नै खाद्यान्न र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको जनाएको छ ।

कोरोना महामारीको शुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्रिय व्यापार नीति प्रयोग गरेका थिए, जसले विश्वव्यापारमा उतारचढाव ल्याएको छ। गत जुलाईसम्म श्रीलंकाले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ।

विदेशी मुद्रा सञ्चिति अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ। खाद्यान्न आयात गर्न अहिले पनि विदेशी मुद्राको चरम अभाव छ। पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो।

भर्खरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर, खाद्य सुरक्षामा चुनौती भने यथावत रहेको छ। विश्व बैंकको मूल्यांकनअनुसार विगत दुई साताको अवधिमा विश्वव्यापीरूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकाङ्कहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकाङ्क दुई साता अघिको तुलनामा एक प्रतिशतले बढेको छ ।

You might also like

Comments are closed.