काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ ।
हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ४८ हजार अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिकक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी म्यानेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सुरुवातमा अध्यक्ष पाण्डेले कम्पनीको प्रतीक “झण्डा”को बिमोचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डा. भागवान कोइरालाले जिवनका भोगाइहरु सुनाउदै सकारात्मक सोचबारे आफ्ना भनाईहरु राखेका थिए ।
मनैदेखि गरे कुनै कुरा असम्भव नहुने बताउदै उनले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।
त्यस्तै, कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले कम्पनीलाई यो अवस्थासम्म पु¥याउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुर्याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गरे ।
Comments are closed.